Aamsanchar

अर्जुनधारामा बन्यो नयाँ धार्मिक पार्क, २६ गते उद्घाटन हुने

Author Image
बिहिवार, मंसिर २३, २०७८

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ मा रहेको सलबाडी पर्यटन क्षेत्रको नजिकै फाल्गुनन्द स्मृति प्रतिष्ठानलले धार्मिक पर्यटन स्थल तयार पारेको छ । धार्मिक पर्यटनलाई प्रर्वद्धन र विकास गर्ने उदेश्यले नमुना सामाुदायिक वन क्षेत्रभित्र किरातेश्वर हाङसाम थेवा युमा माङहिम धार्मिक स्थलको भौतिक संरचना निर्माण गरेको हो ।

नमुना सामुदायिक वन समिति र स्थानीय सरोकारवालको सहमतीमा किरातेश्वर हाङसाम थेवा युमा माङहिम स्थापना गरिएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका कोषाध्यक्ष खगेन्द्र इङनामले जानकारी दिए ।

बहुधार्मिक पर्यटकीय पहिचान बनाउन सुरु गरेको नमुना सामुदायिक बन क्षेत्रमा बिभिन्न जातजाती र धर्मवलम्वीहरुको धार्मिक आस्थाका मन्दिरहरु निर्माण भईसकेको छ । जस अन्र्तगत २०७४ सालमा निर्माण सुरु गरिएको माङहिम २०७५ सालमा आएर सम्पन्न भएको छ । माङहिम संगै किरात धर्मका आस्थाका धरोहर महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक बनाईको छ । उक्त शालिकको अनावरण र माङहिमको उद्घाटन मंसिर २६ गते नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्राहाङमाले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक समितिका प्रचारप्रसार समिति संयोजक लवकुश गौतमले बताए ।

किरात धार्मिक क्षेत्रमा मुल मन्दिर, महागुरुको शालिक, धुनी कुण्ड, पुजारी आश्रम, मूलगेट, शौचालय, घेराबारा लगायतको भौतिक संरचना निर्माण गरिएको छ । उक्त धार्मिक क्षेत्र निर्माणको लागि नेपाल सरकारबाट २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र दताहरुबाट उठेको २५ लाख गरि जम्मा ५० लाखको लागतमा निर्माण सम्पन्न भएको मुल आयोजक समितिका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

धार्मिक स्थलमा आर्कषणको रुपमा रहेको महागुरु फाल्गुनन्दको शलिक रहेको छ । शालिक निर्माणमा समितिले १० लाख खर्च गरेको छ । उक्त ढुङ्गाको शालिक मोरङ उर्लाबारी स्थित मन्जुल मेतेरी कला केन्द्रले तयार पारेको हो ।

२६ गते हुने कार्यक्रमलाई भव्य बनाउन समितिले विभिन्न कार्यक्रमहरु तयार पारेकोे छ । धर्मगुरुहरुलाई स्वागत गर्नको लागि माईखोलाबाट र्याली सहित ल्याउने तयारी गरेको छ । आयोजकले विभिन्न उपसमितिहरु पनि बनाएको छ । उपसमितिहरुको संयोजकमा प्रचारप्रसार तथा स्वमंसेवक परिचालन लवकुश गौतम, अतिथि एवम् दानवीर दाता सत्कार शेरबहादुर इङनाम, खाद्यन्न व्यवास्थापन तिलकसिंह लिम्बू, पूजा सामग्री तथा प्रसाद व्यवस्थापन फिपराज कुरुम्वाङ, कार्यक्रम स्थल व्यवस्थापन मोहन सुब्बा, अनुगमन उपसमिति संयोजकमा लक्ष्मी इङनामलाई चयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा स्वागत मूलसमिति सदस्य मोहन सुब्बा र संचालन खगेन्द्र लिम्बुले गरेका थिए ।

देशकै नमूना प्रतिष्ठानको रपमा विकास गर्ने लक्ष्यका साथ माङहिमको गुरुयोजना तयार पारिएको, फाल्गुन्द वाटिका निर्माण गर्ने नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्यन केन्द्र निर्माण गर्ने लगायतको योजनाहरु फाल्गुनन्द स्मृति प्रतिष्ठानले अघि सारेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 677

प्रतिक्रिया (०)

सम्बन्धित खबर