Aamsanchar

ईतिहासको एउटा पाटोलाई निहाल्दा झापाको शान्तिनगर

Author Image
बिहिवार, मंसिर २३, २०७८

बिर्तामोड । झापाको साविक शन्तिनगर गाउँविकास समित वडा नम्बर ८, हाल बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ मा रहेको शान्तिनगर (गौडा) एउटा साच्चैनै शुन्दर र शान्त ठाउँमा पर्छ । शान्ति अर्थलेनै त्यो ठाउँको विशिष्ठ परिचय दिएको छ । समावेशी समाज, तराई र पहाडको भौगोलिक र वातावरणिय विशेष्ता अनुभूत गर्न सकिने, बन जंगल र कृषि उत्पादनको खानी नै मानिएको शान्तिनगरले धेरैको ध्यान खिच्ने गरेको पाईएको छ ।

कप्तान गन्जबहादुर कार्कीको घर । (कप्तान कोठी)

शान्तिनगर बहु सम्भावियताको कारणले होला, जब झापामा पहाडबाट मानिसहरु बसाँई सरेर आउनेक्रम सुरुहुन थाल्यो, त्यो बेला धेरैको बसाँई सराईको थलो शान्तिनगर नै बन्ने गरेको रहेछ । प्रमाणको रुपमा अझैपनि केही घर र सार्वजनिक स्थलहरु देख्न सकिन्छ शान्तिनगरमा । पुरानो ईतिहास भनाईमा मात्र होईन प्रत्यक्ष देखाईको रुपमा प्रमाणहरु रहेको छ । शान्तिनगरमा राणाकालिन समय अर्थात ८० बर्ष अगाडी निर्माण गरिएका घरहरु मध्ये धेरै घरहरुक भत्काई सकिएको छ । अहिले तिन वटा घरहरु रहेको छ । जसमा दुईवटा घर अझै पनि प्रयोगमै आईरहेको छ भने एउटा घर प्रयोग विहिन अवस्थामा रहेको छ ।
शान्तिनगरको सिंगो क्षेत्रको ईतिहासलाई खोज्दै जाने हो भने महिनौ दिन लाग्न सक्ने रहेछ । शान्तिनगर पुगेर केही घण्टा समय खर्चेर पुरानो ईतिहासलाई खोज्ने र बुझने प्रयास पहिलो चरणमा अहिले रहेका पुराना राणाकालिन घरहरुको ईतिहासलाई कोट्याउने प्रयास गरिएको छ ।

कप्तान गन्जबहादुर कार्कीको घरको पछाडी तर्फको भाग । (कप्तान कोठी)

शान्तिनगरको सिरान, इलामको सिमानामा रहेको गौडामा बिक्रम संवत २००२ सालमा निर्माण सुरु भएर दुई बर्ष पछि निर्माण सम्पन्न गरिएको तिन तल्लाको वंगला (कप्तान कोठी) रहेको छ । उक्त वंगला मुगल र नेपाली कला मिश्रण गरेर बनाईको छ । राणाकालिन समयमा दुई फिट चौडाईको गारों लगाएर बनेकोे विशाल संरचनालाई हाल पनि त्याहाँ पुग्नेहरुले एकछिन टोलाएर हेर्ने गरेका छन् ।
तत्कालिन समाजसेवी कप्तान गन्जबहादुर कार्कीले उक्त घर बनाएका थिए । लिसाईलो माटो (लिउन), ढुंगा, दाल, सखुवा, चाँपको काठ र जस्तापाता लगायतको बस्तु प्रयोग गरेर बनेको घर भरतबाट घोडा, खच्चर मा कतिपय निर्माण सामाग्री ढुवानी गरेर ल्याईएको थियो। भारत र नेपालको काठमाडौंबाट कालिगढ झिकाएर कार्कीले बनाएको घर संरक्षर गरेर बसेका केशब पराजुलीको भनाई छ । पराजुलीको भनाई अनुसार ‘यो घरमा जन्मिएका, हुर्किएका र साईनो जोडिएकाहरुको पनि सामाजिक विरासत गाँसिएको छ । नेपाली कांग्रेसका नेता, राजनीतिक चिन्तनको रुपमा सम्मानित व्यक्तित्व स्व. सी.के. प्रसाईं ( भरतबाबु) को ससुराली घर हो । कप्तान गन्जबहादुर कार्कीकी जेठी छोरी सी.के. प्रसाईंकी जीवन संगिनी स्व. गिरीराजकुमारी प्रसाईं हुर्केको बढेको घर हो । त्यस्तै सामाजिक परिचय बनाउन सफल नवनिर्वाचित राप्रपा उपसवापति रोशन कार्की , जर्नेल दिलिप कार्की, हाल नासाका बैज्ञानिक महेन्द्रबहादुर कार्की र भारत सिक्किमकी पूर्व एमपी रेनुलिना सुब्बा जन्मेको घर हो ।

तत्कालिन प्रधानपञ्च ईन्द्रप्रसाद प्रसाईको घर ।

त्यस्तै कप्तान कोठी देखि करिव ४ सय मिटर पूर्वमा अर्को ८० बर्ष पुरोनो ऐतिहासिक घर रहेको छ । त्यो घर इन्द्रप्रसाद प्रसाईले बनाएका थिए । पुरोनो कलाकृतिद्वारा सज्जित उक्त घर पनि गोवर, माटो भुस, त्यहीको ढुंगाले बनाईएको १८ ईन्च चौडाईको गारों रहेको छ । शान्तिनगर मावीका निर्माण कर्ताको नामले चिनिने प्रसाईले त्यो वेला ३२ विघा जग्गा स्कुललाई दान दिएका थिए । जग्गा हदबन्दी लागु हुनु अघी सर्लाही, घुलाबारी, धाईजन, आयाबारी र शान्तिनगरमा गरेर प्रसाईको १ हजार विघा भन्दा धेरै जमिन भएको हाल घर संरक्षण गरेर बसेका ध्रुबकुमार डाँगीले बताए । डाँगीको भनाई अनुसार यो घरमा जन्मिएकाहरुले पनि सामाजिक छवी बनाई सकेका छन् । इन्द्रप्रसाद प्रसाईंका छोराहरु पुण्य प्रसाईं सामाजिक क्षेत्रमा परिचित छन् त्यसैगरी अर्का छोरा चरन प्रसाई राष्ट्रिय मानव अधिकार अध्यक्ष पनि भए, अर्का छोरा हेमन्त सामाजिक क्षेत्रमै क्रियाशिल रहेका छन् ।

कप्तान दलबहादुर कार्कीले घर ( हाल विद्यालयको स्वामित्तोमा रहेको)

शान्तिनगरमा एक दशक अघी सम्म थुप्रै पुराना घरहरु रहेका थिए । केहीले बेचविखन गरे कतिले भत्काएर नयाँ घर बनाए । त्यस्तै २०११ सालमा कप्तान गन्जबहादुर कार्कीका छोरा कप्तान दलबहादुर कार्कीले बनाएको घर पनि रहेको छ । कार्कीले भने २०४० साल तिर विद्यालयलाई सामाजिक उत्तरदायित बोध गर्दै कम मुल्यमा स्थानिय हालको शान्तिनगर माध्यमिक विद्यालयलाई बिक्री गरेका थिए । त्यस पस्चात बिद्यालयले विद्यार्थी आवासको रुपमा प्रयोग गर्दै आएको थियो २०५५ साल सम्म प्रयोगमा आईसक्दा  घर निकै जिर्ण बनेपछि विद्यालयले प्रयोगमा ल्याउन छोडेको छ । हाल उक्त घर निकै जिर्ण अवस्थामा रहेको छ । तर बनावट कलाकारिताको हिसावले अझैपनि हेर्न र अनुसन्धान गर्नको लागि उपयोगी नै रहेको छ । विद्यालयको स्वामित्वमा रहेको सो घरलाई विद्यालयका सरोकारवाला मध्येका केहीले भत्काउने निष्कर्ष निकालेका छन् भने केहीले भत्काउन नहुने, पुरानो धरोहरलाई संरक्षण गर्नु पर्ने धारणा राख्दै आएको ग्रामिण पर्यटन प्रर्वधन बुद्धशान्तिका संयोजक, सामाजिक अगुवा प्रमोद खतिवडाले आमसंचारलाई जानकारी दिए ।

शान्तिनगर समाजिक दृष्टिकोणले मात्र होईन, भौगोलिक हिसावले उत्तिकै महत्वको रहेको छ । शान्तिनगरलाई ग्रामिण, प्राकिृतिक पर्यटन लक्षित दिर्घकालिन योजनाका साथ काम गर्ने हो भने झापाको नमुना पर्यटकिय स्थल बन्नेमा कुनै दुईमत छैन् तर त्यसका लागि स्थानिय सरकार र नागरिकहरुले चासो दिन जरुरी छ ।

नजिकबाट कप्तान दलबहादुर कार्कीले घर ( हाल विद्यालयको स्वामित्तोमा रहेको)

तत्कालिन प्रधानपञ्च ईन्द्रप्रसाद प्रसाईको घरको पछाडी तर्फको भाग ।

कप्तान कोठीको भित्री भागका केही झलकहरु ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर