Aamsanchar

अभिनेत्री कट्रिना र विक्कीले लगनगाँठो कसे

Author Image
शुक्रवार, मंसिर २४, २०७८

मुम्बई –बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिनाले विवाहको लगनगाँठो कसेका छन् । बिहीबार (९ डिसेम्बर)मा उनीहरुले पञ्जाबी परम्पारानुसार विवाह गरेका छन् । कोरोना संक्रमणको त्रासका कारण उनीहरुले राजस्थानमा कडा सुरक्षा र कोभिड–१९ को प्रोटोकल पालना गरेर विवाह सम्पन्न गरेका हुन् ।

यतिबेला मिडियादेखि सामाजिक सञ्जालमा हिन्दु परिहरनमा सजिएका बेहुलाबेहुलीको फोटो चर्चामा छ । गरगहनासहित रातो लेहेंगामा सजिएकी कट्रिना अनि शेरवानीमा सजिएका विक्कीको प्रेमिल फोटोहरु दर्शकलगायत बलिउड सेलिब्रेटिहरुले पनि रुचाइरहेका छन् ।

विक्कीलाई माला लगाउँदै गरेको र एकअर्कालाई प्रेमिल भावमा हेरिरहेका तस्बिरहरु उनीहरु दुबैले आ–आफ्नो सामाजिक सञ्जालममा सेयर गरेका हुन् । तस्बिर पोस्ट गर्दै कट्रिना लेख्छिन्, “हामीलाई यो पलमा ल्याउन सहयोग गर्ने सबैप्रति माया अनि आभारमात्रै छ हाम्रो मुटुमा । तपाईंहरुको माया अनि आर्शिवादको अपेक्षासहित हामीले हाम्रो नयाँ यात्रा सुरु गरेका छौं ।”

डिसेम्बर ७ मा संगीत, ८ मा मेहेन्दी र ९ मा विशेष विवाह समारोह सकिसकेको छ भने आज रिसेप्सन पार्टीसँगै विवाह समारोह सम्पनन हुँदैछ । जहाँ बलिउडलगायत भीआईपी गेस्टहरुको उपस्थिती रहनेछ भने अतिथिहरुलाई ‘टाइगर सफारी’ लगायत विशेष व्यवस्थाहरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर