Aamsanchar

एमालेले जिल्ला अधिवेशनको मिति तोक्यो

Author Image
आइतवार, मंसिर २६, २०७८

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विभिन्न १५ वटा एजेन्डामा छलफल गरेर सकिएको छ । बैठकले चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित सदस्य तथा पदाधिकारीलाई प्रमाणपत्र दिनेदेखि जिल्ला र प्रदेश अधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेको छ ।

जसअनुसार आगामी पुस २३ गते सबै जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ । यस्तै माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।जनसंगठनहरूको अधिवेशन पनि फागुनभित्र सक्ने निर्णय बैठकले गरेको छ ।शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन चलेर आज सकिएको हो ।

Views: 90

प्रतिक्रिया (०)