Aamsanchar

कपाल झर्नुका कारणहरू

Author Image
बुधवार, मंसिर २९, २०७८

  • स्ट्रेस कपाल झर्नुको अर्को मुख्य कारण हो ।
  • मानिसको जीवनमा आउने परिवर्तनहरू जस्तोः विवाह हुनु, बच्चा जन्मनु कपाल झर्ने अर्को अवस्था हो ।
  • महिनावारी नियमित नहुने, इमरजेन्सी पिल्स खाने महिलाहरूमा कपाल झर्ने समस्या बढी पाइन्छ ।
  • मोटोपना पनि कपाल झर्नुको अर्को कारण हो ।
  • थाइराइड भएका मनिसमा कपाल झर्ने समस्या बढी हुन्छ ।
  • जङ्क फुड धेरै खानेहरूमा पौष्टिक आहारको कमी हुन्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ ।
  • अपत्यारिला खबरहरू सुन्दा पनि त्यसको असर कपालमा पर्छ । कुनै घटनाबाट झड्का लाग्दा मानिस मानसिक रूपमा कमजोर बन्ने भएकाले यसको असरले कपाल झर्छ ।
  • नेपालीमा विशेष गरेर भिटामिन डी डिफिसियन्सी हुन्छ । यो पनि कपाल झर्नुको अर्को कारण हो । ९० प्रतिशत कपाल झर्ने समस्या भएका बिरामीमा भिटामिन डी डिफिसियन्सी पाइएको छ । त्यस्तै भिटामिन बी को कमी अनि आइरनको कमीले पनि कपाल झर्छ ।
  • कपाल झर्नुमा कपालको स्याहार गर्ने खराब तरिका पनि अर्को कारण हो । कसैले कपालको स्याहार नगरेर झर्छ भने कतिको स्याहार बढी गरेर झर्छ ।
  • बढ्दो केमिकलको प्रयोगले कपाल झर्ने मात्र होइन, चायाको समस्या पनि झनै बढेको छ ।
  • चाया भनेको फङ्गल इन्फेक्सन हो, जुन ओसिलो ठाउँमा बढी हुन्छ । कपाल नुहाएपछि राम्रोसँग नसुकेमा चायाको समस्या बढ्छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१