Aamsanchar

लक्ष्मीपुरको दुर्गा मन्दिरमा १७ औं अनुष्ठान सुरु

Author Image
मङ्गलवार, पौष ६, २०७८

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरस्थित विहीवारे बजारको दुर्गा पाञ्चायनत मन्दिरमा आज देखि साताव्यापी १७ औं अनुष्ठानको उद्घाटन भएको छ ।

पुस ६ गतेदेखि १३ गतेसम्म आयोजना हुने ‘श्रीमद् नारद महापुराण’ को प्रमुख वाचक पण्डित पुरुषोत्तम गजुरेल तथा उपवाचक लक्ष्मीप्रसाद पोखरेल रहेका छन् ।

मंगलबार कलसयात्रा सहित पुराण उद्घाटन गरिएको छ । अनुष्ठानको उद्घाटन दुर्गापाञ्चायतन मन्दिरका मानार्थ सदस्य हरि खड्काले गरेको पुराण मुल आयोजक समितिका संयोजक डम्बर घिमिरेले जानकारी दिए ।

उद्घाटन समारोहमा जग्गादाता भानुमाध्यमिक विद्यालयको तर्फबाट प्राचार्य रुपक दाहाल, वडाध्यक्ष ध्यानबहादुर भारती, मन्दिरका अध्यक्ष छविलाल लम्साल, संघसंस्थाको तर्फबाट लिलाबहादुर कटुवाल, संस्थापक सदस्यहरुको तर्फवाट विनोद पाण्डेले लगायतले मन्तव्य राखेको थिए । कार्यक्रमको संचालन तेजप्रसाद गिरी र रुद्र ओलीले गरेका थिए ।

पुराण अवधिभर विभिन्न झाँकीहरुसमेत प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ । मन्दिरमा टायल र ग्रील लगाउने उदेश्यले पुराणको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । पुराण सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 504

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सीता जयन्ती आज
बिहिवार, जेठ ३, २०८१
आज वृष संक्रान्ति
सोमवार, वैशाख ३१, २०८१