Aamsanchar

के कारणले छाला सुख्खा हुन्छ ?

Author Image
बिहिवार, पौष ८, २०७८

सन्तुलित भोजनको कमी एवं भिटामिन ए तथा बीको अभावका कारण छाला सुख्खा हुन्छ । सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ । धूम्रपानले पनि छालालाई सुख्खा बनाउँछ । रक्त संचारमा आएको गडबडीले पनि छाला सुख्खा हुन्छ । बढी सोडा भएको साबुनले पनि छालालाई सुख्खा बनाउँछ । साबुनमा भएको अल्कालाइनले छालाको तेल नष्ट गर्छ । तातो पानीले मुख धुदा वा नुहाउदा पनि छाला सुख्खा हुनेगर्छ ।

छाला सुख्खा भए त्यसको हेरचाह कसरी गर्ने ?

अनुहार धुन सदैव सफा पानी प्रयोग गर्ने । पिएच ब्यालेन्सयुक्त साबुन लगाउने । जाडो महिनामा साबुनको प्रयोग पटक्कै नगर्ने । अनुहारमा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने । एसीबाट सकेसम्म टाढा बस्ने ।

अनुहार सुख्खा भएको कसरी पत्ता लगाउने ?

अनुहारमा एक प्रकारको अप्ठ्यारो महसुस हुन्छ । विशेषगरी गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमणजस्तो अनुभव गर्न सकिन्छ ।

अनुहारको सुख्खापन हटाउन कस्तो फेसवास वा साबुन प्रयोग गर्नुपर्छ ?

अनुहारको सुख्खापन हटाउन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ ।

सुख्खा छाला नरम बनाउने रेसिपी के हो ?

पानीमा केही पाउडर दूध, केही थोपा लेभेन्डर तथा ओलिभ ओइल हाली नुहाउने । यसले छालालाई नरम बनाउँछ । त्यसैगरी ट्रिटी तेलको प्रयोगले पनि छाला नरम हुन्छ । अनुहारका लागि एवोकाडोको गुदीमा कागतीको रस हालेर शरीरमा दल्दा छाला नरम हुन्छ ।

घरायसी उपचारले छालाको सुख्खापन कम नभए के गर्ने ?

घरायसी उपचारले नभए चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ ।

सुख्खा छालाका कारण के–कस्ता समस्या उत्पन्न हुनसक्छन् ?

सुख्खा छालालाई बेवास्ता गर्दा अनुहारमा चाउरी देखिन सक्छ । सुख्खा छालामा मेकअप पनि भनेजस्तो खुल्दैन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 357

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१