Aamsanchar

ओलीले भने : केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित अल्मल्याउने काम गरे

Author Image
शनिवार, पौष १७, २०७८

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धितर्फ अघि बढिरहेका बेला केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रूपमा अल्मल्याउने काम गरेको बताएका छन्।

अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले एमालेको सरकारले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको अभियानतर्फ अघि बढाइरेका बेला संविधानको अपव्याख्या गर्दै सत्ताबाट हटाइएको दाबी गरेका छन्।

‘भर्खरै बिदा भएको सन् २०२१ मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षित रुपमा अल्मल्याउने काम गरे‚’ अध्यक्ष ओलीले जारी गरेका शुभकामाना सन्देशमा उल्लेख छ‚ ‘मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेका नेकपा (एमाले)को सरकारलाई संविधानको अपव्याख्याद्वारा हटाउँदै संवैधानिक विचलन‚ अराजकता र सत्ताको अनुचित भागबण्डा भए।’

ओलीले एमाले नेतृत्वको सरकारले मुलुकबाट गुमाइएका भूभाग फिर्ता गर्ने प्रयास‚ मुलुकलाई विकासको तीव्रगतिमा अघि बढाएर नवनिर्माणको नयाँ युगको थालनी गरेको दाबी गरेका छन्।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर