
स्याङ्जा – विल नभएका सामान लिएर आउँदै गरेको पिकअप जीपलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलबाट-पोखरातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ च २१७५ नम्बरको बोलेरो पिकअपलाई प्रहरीले पुतलीबजार नगरपालिका–१ सहिदचोकमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा बिल नभएका घरायशी सामाग्री भेटिएको प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिए । उनका अनुसार,‘नियन्त्रणमा लिइएका ती सामाग्रीको अनुमानित मूल्य एक लाख ३७ हजार १७५ रुपैयाँ छ ।
कस्टिक सोडा, तार्पिन आयल, लिक्विड सोप, टाइल्स क्लिनर, मार्बल क्लिन, नट्रिक एसिड, कोइला, टीआर भोललगायतका ११ प्रकारका १४ सय वटा घरायशी सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

Views: 64


