Aamsanchar

माओवादी केन्द्रको महाधिवेशन : नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु

Author Image
शनिवार, पौष १७, २०७८

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि अहिले चुनावी प्रक्रिया सुरु भएको हो ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामवली टाँसेको छ । बेलुका पाँच बजेसम्म सहमतिकै आधारमा केन्द्रीय सदस्यको नाम टुंग्याउने र त्यसो हुन नसकेमा चुनाव गर्ने माओवादीले जनाएको छ । माओवादीमा १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रावधानसहितको विधान मस्यौदा पारित भइसकेको छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर