
बिर्तामोड । नेपाल दशनामी समाज झापाको सातौ जिल्ला अधिवेशनले केदार गिरीको अध्यक्षतामा २३ सदस्यी जिल्ला कार्य समिति सर्वसम्मत् चयन गरेको छ ।
समाजको भवन बुट्टाबारीमा शनिवार भएको अधिवेशनले समितिको वरिष्ठ उपाध्यक्षमा मेचीनगरका गोविन्द गिरी, उपाध्यक्षमा भद्रपुरकी सत्यरुपा बन र बिर्तामोडका सन्तोष गिरी चयन भएको निर्वाचन समितिका संयोजक गोपाल गिरीले जानकारी दिए ।
त्यस्तै समितिको सचिवमा मेचीनगरका केशव गिरी, सहसचिवमा अर्जुनधाराका हर्कलाल गिरी र कोषाध्यक्षमा बालकृष्ण गिरी सर्वसम्मत् चयन भएका छन् ।

समितिको सदस्यमा चित्रकला गिरी, पदम गिरी, मुक्ति गिरी, अर्जुनकुमार गिरी, नारद गिरी, मिनकुमार पुरी, टेकबहादुर गिरी, मनकुमार बन, इन्द्रबहादुर बन, बालकुमार गिरी, देबीप्रसाद गिरी, रिता गिरी, भेषकुमार भारती, दीपककुमार गिरी, रामप्रसाद गिरी र सुशिला गिरी सर्वसम्मत् चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
समाजका अध्यक्ष खिलबहादुर गिरी (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय संरक्षक भरतलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि तथा समाजका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरी, समाजका प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरी, केन्द्रीय कोषाध्यक्ष डम्बर बन, केन्द्रीय सल्लाहकार केदार गिरी, झापा उपाध्यक्ष सत्यरुपा बन, नेपाली कांग्रेसका झापा सचिव कृष्ण हुमागाई, माओवादीका तर्फबाट मानबहादुर गिरी (ध्रुव), संविधान सभा सदस्य प्रेम गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत झापा वरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले गरेको कार्यक्रमको सञ्चालन झापा पूर्व सचिव शिव गिरीले गरेका थिए ।


