Aamsanchar

माओवादी केन्द्रको निर्वाचन कार्यक्रम संशोधन

Author Image
शनिवार, पौष १७, २०७८

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन गरिएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।

केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३:३० बजेसम्म, दर्ता सूची प्रकाशन ३:४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।

त्यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४:१० बजेसम्म, उजुरी उपर छानबिन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुन:प्रकाशचन ४:४० लगायत कार्यक्रम रहेका छन् ।

मतदान आइतबार साँझ ६:२५ देखि १०:२५ सम्म हुने तालिकामा उल्लेख छ । यसअघि शनिबार राति ८ देखि साढे ११ बजेसम्म मनोनयन दर्ता र आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको थियो ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर