Aamsanchar

लेप्चा जातिको नयाँ वर्षकाे अवसरमा सूर्योदय नगरपालिकामा सार्वजनिक बिदा

Author Image
सोमवार, पौष १९, २०७८

इलाम –सूर्योदय नगरपालिकाले लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात् नामवन पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाको १३३ औं कार्यपालिका बैठकले पुस १९ गते सोमबार स्थानीय बिदा दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको कार्यलय, वडा कार्यलय, नगरभित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरू आकस्मिक सेवाबाहेक बिदा रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत योगनिधि भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

लेप्चा समुदायले नामवन पर्वको उपलक्ष्यमा सोमबार फिक्कलमा विषेश कार्यक्रम गर्ने जनाइएको छ। सूर्योदय नगरपालिकामा लेप्चा समुदायको बाक्लो बसोबास छ। २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४४५ छ। यसमध्ये सूर्योदय नगरपालिकामा मात्रै २ हजार २०० रहेको तथ्यांक छ।

पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ सरेर अन्य जिल्लासम्म पनि गएका छन्। तथ्यांकअनुसार ३ हजार २६४ ग्रामीण र १८१ जना सहरी क्षेत्रमा बस्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर