Aamsanchar

भारतमा कोरोना तेस्रो लहर तिब्र रूपमा फैलिदै, दिल्ली सरकारद्वारा साताको दुई दिन कर्फ्यू घोषणा

Author Image
बुधवार, पौष २१, २०७८

भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो संख्या एक साताअघिको तुलनामा चार गुणा बढी हो। गत बुधबार भारतमा ९ हजार १ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो बढेर एक सातामै ३७ हजार ३ सय ७९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार थपिएका ३७ हजार ३ सय ७९ मध्ये दुई तिहाइभन्दा धेरै मुम्बई र दिल्लीका छन्। यी दुई सहरमा अत्यधिक मात्रामा संक्रमण बढेका छ। मुम्बईमा १० हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने दिल्लीमा ५ हजार ४ सय ८१ जनामा संक्रमण फेला परेको छ।

संक्रमण बढेसँगै मंगलबार दिल्ली सरकारले साताको दुई दिन कर्फ्यूको घोषणा गरेको छ। दिल्लीमा शनिबार र आइतबार अब कर्फ्यू रहनेछ। अत्यावश्यकबाहेकका सबै सरकारी काम अब घरबाटै हुनेछ।

निजी कम्पनीमा पनि ५० प्रतिशत मानिसले घरबाटै काम गर्नुपर्ने हुन्छ। यसअघि दिल्लीले कोरोना संक्रमण नियन्त्रणको लागि रात्रिकालीन कर्फ्यू लगाएको थियो।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले मंगलबार पत्रकार सम्मेलन गरेर दिल्लीमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउनुको विकल्प नरहेको बताएका थिए। दिल्लीमा कोभिड पोजेटिभ रेट दैनिक ५ प्रतिशतभन्दा बढीले बढिरहेको छ। दिल्ली रेड जोन राख्दै उपमन्त्री सिसोदियाले सातामा दुई दिन कर्फ्यूको घोषणा गरेका हुन्।

त्यस्तै मुम्बईमा पनि दैनिक नयाँ संक्रमितको संख्या २० हजार नाघे पुनः लकडाउन गरिने अधिकारीहरुले बताएका छन्। भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिनुको मुख्य कारण कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट रहेको अधिकारीहरुले बताएका छन्।

दिल्लीका स्वास्थ्यमन्त्रीका अनुसार अहिले सहरमा भेटिएका नयाँ संक्रमितमध्ये ८१ प्रतिशतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 431

प्रतिक्रिया (०)

सम्बन्धित खबर