Aamsanchar

पहिला काग्रेसमा ज्यान दिन तयार हुन्थे अहिले काग्रेसमा कांग्रेसकै ज्यान लिन तयार छन्

Author Image
शनिवार, पौष २४, २०७८

नेपाली काग्रेसको १४ औं महाअधिवेशन पछी कांग्रेस अहिले यस्तो मोड़मा उभिएको छ, यस्तो चौवाटोमा खडा छ आफ्नो गन्तव्य हराएको , अलमलिएको र द्विविधामा भएको प्रतित हुन्छ ।नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा रामचन्द्र पौडेल, प्रकाशमान सिहं ,डा शशांक कोइराला ,विमलेन्द्र निधी, डा शेखर कोइराला सबै सभापतीका संस्थापन इतरबाट सभापतिका सम्भावित उम्मेदवार हुदै गर्दा अन्तिममा प्रकाशमान सिंह, विमलेन्द्र निधी र डा शेखर कोइराला उम्मेदवार हुदै तिनै जना नेताहरुको संस्थापन पक्ष को विरुद्धमा पुस्तान्तरण एवं रुपान्तरण भन्दै मोर्चावन्दी गरेका थिए । यस्तो अवस्थामा संस्थापनबाट सभापतिका उम्मेदवार भएका शेरबाहादुर देउवा पक्षले आफ्नै सहयात्री विरुद्धवाट भएको मोर्चावन्दी को प्रतिरक्षामा उभिनु परेको थियो भने अर्को तर्फ सरकारको भुमिका निर्वाह गर्नु परेको थियो ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि सभापतिमा उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछी दोश्रो चरणमा शेर बाहादुर देउवा र डा शेखर कोइराला विच चुनावी प्रतिस्पर्धा भयो ।

पहिलो चरणको निर्वाचनमा नेतृत्व परिवर्तन हुनु पर्छ । देउवा नेतृत्वबाट पाटी चल्दैन भनिरहेका प्रकाशमान सिंह र विमलेन्द्र निधी दोश्रो चरणको निर्वाचनमा शेरबाहादुर देउवालाइ आस्चर्य जनक तरिबाट समर्थन गर्न पुगे, त्यती मात्रै हैन बरिष्ठ नेता रामचन्द्र पौडेल र डा शशांक कोइराला समेतको समर्थन पनि देउवालाइ नै हुन पुग्यो । अझ आस्चर्य त कोइराला विराशतको कुरा गर्ने शशांक र सुजता कोइराला समेत देउवा समुहमा जानुले सभापतिका उम्मेदवार बनेका डा शेखर लाइ यौटै मालामा बाँधिएका यी तिन कोइराको माला टुक्रिएर एकता भंग भएको महशुस मात्रै भएन, आफ्नो पराजय समेत हुने महसूस भएर दोश्रो चरणमा सभापतिको उम्मीदवारी कायम राख्ने की नराख्ने यो विषयमा आफ्ना समुहमा छलफल सम्म हुन पुगेको देखिन्छ।

राजनीतिमा नैतिकता र चरित्रको ठुलो महत्व छ, यी दुई कुरामा जो रहन्छन तिनिहरुको राजनीतिक आफ्नो पहिचान बनिरहन्छ यस्मा चिप्लिएर कति तल पुगिन्छ यस्मा त्यसरी चिप्लिएर राजनीतिक भविस्य अध्यारो वनाएकहरुलाई बडी थाहा हुन्छ। अहिले रामचन्द्र पौडेल शशांक कोइराला प्रकाशमान सिंह र विमलेन्द्र विधिले यो कुरा महशुश गर्दै होलान् या त्यसरी आफ्नो प्रतिष्ठा स्खलन भएको व्याक्तिहरुको स्मरण गर्दै होलान।

ग्रहण गरेपछी त्याग गर्नै पर्छ ! हामीले साँस अक्सिजनमा लिएपछी त्यो साँस कार्वनडाइ अक्साइडमा फेरी त्याग गर्छौ ! जल ग्रहण गर्छौं र मुत्रको रुपमा त्यो त्याग गर्छौ ! अन्न ग्रहण गर्छौ र मलको रुपमा त्याग गछौं ! यि सबै त्याग प्राकृतिक हुन !

अहिले दोश्रो कार्यकालकोलागी सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री शेरबाहादुर देउवाले शशांक कोइराला,प्रकाशमान सिंह , विमलेन्द्र निधी र सुजाता कोइरालाको शक्ति ग्रहण गर्नु भएको छ अब यो शक्ति ग्रहण गरे पछी त त्याग त गर्नै पर्छ अब हेरौं त्यो त्याग कस्तो हुन्छ ?  प्राकृतिक कि अप्राकृतिक रु र पाटी सभापति देउवाले अब कस्तो प्रकारको त्याग गर्नु हुन्छ, त्यस्ले शक्ति ग्रहणगर्नेहरुको राजनीतिक भविष्य सुनिस्चित होला ।

संस्थापन इतरबाट रामचन्द्र पौडेलले नेतृत्व लिइरहेको र त्यसमा प्रकाशमान सिंह , शशांक कोइराला, सुजता कोइराला र डा शेखर कोइराला लगायतहरु थिए, अव त्यो नेतृत्व बरिष्ठ नेता रामचन्द्र पौडेलको हातबाट डा शेखर कोइरालाको हातमा आइपुग्यो । केही दिन पुर्व आफ्नो समुहको भेला गर्दै पाटी सभापतीबाट भएका सदस्यहरुको मनोनय र केन्द्रीय सदस्यहरुको मर्यादा क्रमको विषयमा कुन मापदणबाट यसो गरिएको हो ? प्रस्न राख्दै सभापतिको यो लाइक र डिसलाइकले पाटीमा दुर्घटना हुने सम्मको कुरा समुहको भेलामा प्रस्तुत गर्दै अब संस्थापन इतरको नेताको रुपमा आफुलाइ राख्नु भएको छ भने रामचन्द्र पौडेल शशांक कोइराला देउवाको वर्तमान कार्यशैलीमा मौन देखिनु भएको छ।

नेपालि कांग्रेसले प्रथम त आफ्नो पाटी सुद्रिढगरी संस्थापन र संस्थापनइतर को भेद , आपसी पृथकता हटाउन सवै एक ढिक्का हुनु पर्ने मा एक अर्कालाइ निस्तेज गर्ने एक अर्कालाइ नेतृत्ववाट विस्थापित गर्ने रणनीतिमा लागेर संगठन कमजोर वनाउने तिरलागेकाछन । यस्तो प्रवृती लाइ अहिले सवैले आफ्नो आफ्नो ठाँउवाट यो खेल वन्द गरेर संगठन मजवुत वनाउन लाग्नु पर्छ। र यो कार्यको लागि सभापती जती जिम्मेवार छन् त्यतिनै ज़िम्मेवार डा शेखर कोइरा पनि छन् ।

कांग्रेसको संगठन छैन भन्दा हुन्छ, संगठन कमजोर र सुस्त छ, संगठन छ भन्नेहरुले यो बुजे हुन्छ की कांग्रेसमा गठन छ तर संगठन छैन यै गठनलाइ संगठन ठान्नु नै कांग्रेस को भुल हो ।

कांग्रेसले कांग्रेसीलाइ जोडन सकेको छैन, कांग्रेसले कांग्रेसमा अपनत्व गराउन सकेको छैन, कांग्रेस यस्तो पाटी थियो जस्को लागी ज्यान दिएका थिए,ज्यान दिन तयार हुन्थे,अहिलेको कांग्रेस काग्रेसकै ज्यान लिन तयार छन् ज्यान लिनु भनेको मार्नु , हत्या गर्नु मात्रै हैन आफ्नो निहित स्वार्थलाइ आफ्नो अभिष्ट पुर्तीकोलागी आफ्नो सहयात्रीलाइ निस्तेज गर्नु, नेतृत्ववाट विस्थापित गर्नु , र पाटीबाट पलायन पार्नु उदासीन गराउनु पनि हत्या गर्नु, ज्यान लिनु सरह हो, हो अहिले पाटीमा यस्तै विचार मौलाइरहेको छ। र सायद डा शेखरले यही कुरा आफ्नो समुहमा ‘ मर्यादाको क्रम’ र ‘सदस्यको मनोनयन’ उठाएका हुन्।

अहिले युवा पुस्ताको कुरा उठाइ रहेका छन, नेतृत्व युवा पुस्तामा आउनु पर्छ युवा पुस्ता भनिरहेका छन । र पुस्तानतरण को कुरा पनि यही होला तर युवा पुस्ताले यो भनिरहदा यो कुरा उठाइ रहदा गुट भित्रै रहेर यो कुरा उदघाटन गरिहेका छन् । शेरवहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला यिनिहरु ठुलो वृक्षको रुपमा कांग्रेस मा देखिएका छन् र तै वृक्षको छायामा युवा पुस्ता हुर्किरहेका छन, छायामा रहेर युवा पुस्ताले नेतृत्व को कुरा गर्नु पुस्तान्तरण को कुरा गर्नु आफैमा स्वास्थ्य राजनीति मान्न यस कारणले सकिन्दैन की यस्मा गुट र उपगुट जीवित देखिन्छ ।

छायावाट मुक्ती हुनु पर्छ, छायामा बसेर नेतृत्व विकास हुदैन छायामा बसुन्जेल, रहुन्जेल सधै पुड्को हुइन्छ त्याहाँ विकसित हुने वातवरण वृक्षले रोक्छ जसरी ठुला वृक्षको छायामा अन्य वनस्पती मौलाउदैन, फस्टाउदैन सेपमा पर्छ अहिलेको युवा पुस्ता त्यस्तै सेप मा छन् प्रथमत युवा पुस्ता त्यो छाया वाट मुक्त भएर कांग्रेस वि पी विचारको कांग्रेस भएर अगाडी वडनु पर्छ वि पी कै विचार विपीको चरित्र र संस्कार आफुमा रुपान्तरित गरेर विचार चरित्र र संस्कार लाइ पोषित गर्दै अन्तकरण शुद्धि गर्दै अगाडी बडें पुस्तान्तरण पनि हुन्छ र रुपान्तरण पनि अन्यथा युवा पुस्ता मा वि पी ले जन्माएको कांग्रेसमा नेतृत्वलीने क्षमताको विकास हुदैन, संगठन मा शुद्धि आउदैन र गुट उपगुट को अन्त हुदैन ।

सवै एक जुट हुनु पर्छ गुट उपगुट को अन्त्य हुनु पर्छ कांग्रेस को गठन लाइ संगठनमा परिणत गर्दै पाटी विधी विधान ले चलाएको अवस्थामा कांग्रेस ले एक अर्कामा अपनत्व सृर्जना गर्न सक्छ कांग्रेस ले एक अर्कामा जोडन सक्छ र यो कार्य गर्न अरु हैन सभापती देउवा नै लाग्नुस र अरु साथिहरुले पनि यो कार्यमा सहयोग गर्छन ।

अव हुने तिनै तहको निर्वाचनमा ‘काग्रेस एक्लै चुनावमा सहभागी हुनु पर्छ’ यो कुरा केही नेताहरुबाट उदघाटित भइरहेको छ । तर यो कुरा आइरहदा तिनै तहको निर्वाचनमा उम्मीदवारी खडागरिरहदा सकेसम्म विवाद रहित रहने उम्मेदवार दिनु पर्छ । अहिले केन्द्रीय सदस्य र मर्यादा को क्रम हेर्दा संस्थापन इतर बाहेक पाटी सभापती एक्लै अगाडी बडने अवस्था देखिनुले कांग्रेस आगमी निर्वाचनमा कांग्रेसले सोचे जस्तो नतिजा आउन संसय देखिन्छ ।

तिनतहको निर्वाचनमा राम्रो नतिजा ल्याउन सभापतीको मात्रै प्रयास पुर्ण छैन यस्मा अहिले संस्थापन इतरको नेतृत्व लिएका डा शेखर कोइरालाको पनि त्यतिनै प्रयास हुनु पर्छ ।

सभापति शेरबहादुर देउवा र डा शेखरले एक अर्कामा द्वेष राखे निस्चय कांग्रेस ले निर्वाचनमा फेरी घात अन्तरघात सुन्नु र देख्नु पर्ने र यस्तो दुर्घटना नघटोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर