Aamsanchar

आज रविसप्तमी

Author Image
आइतवार, पौष २५, २०७८

आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यसदिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्नेकुरा शास्त्रोक्त रहेको छ ।

सूर्य भगवानलाई प्रातस् कालमा सत्त्विक स्वरूप व्रह्म मानिन्छ, मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कलामा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।

उदय ब्रह्मणोरुपं मध्यान्हेतु महेश्वरस् ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरस् ।।

बाह्र कलाले युक्त यस्तो विशेषता भएको भागवन् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवस्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णुआदि १२ स्वरूपको उपासन गर्ने गरिन्छ ।

सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभफल प्राप्त गर्न आईतवार व्रत बस्ने गरिन्छ । आईतवारको व्रत प्रारम्भ रविसप्तमीको शुभ संयोगबाट या शुल्क पक्षको पहिलो आईतवारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन रहेकोछ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्दछ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आईतवार व्रत बस्नु पर्दछ । व्रतकोदिन प्रातस् सूर्य नारायणको पूजा अर्चना गरि अर्घ निवेदन गरि व्रत बस्न सकिन्छ । यस्तो व्रत आदि उपमसना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रानुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको उपसनले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ आशिर्वाद पईनेछ ।

सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।

ज्यो.प.नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर