Aamsanchar

केन्द्र सरकार मान्दैन, स्थानीय सरकार कनकाई नगरले ठड्याउने भयो पृथ्वीनारायण शाहको शालिक

Author Image
मङ्गलवार, पौष २७, २०७८

कनकाई । सरकारले पृथ्वीनारयण शाहको इतिहासलाई भुलेर पृथ्वी जयन्तीलाई अस्वीकार गरेको अबस्थामा कनकाई नगरपालिकाले भने पृथ्वी जयन्तीको दिन पृथ्वीनारयण शाहको पूर्णकदको शालिक स्थापना गर्न भनेर नगरपालिका प्रवेश मार्गमा शालिक स्थल शिलन्यास गरेको छ ।

मंगलबार (आज) ३०० औ पृथ्वी जयन्तीको अवसर पारेर नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख मन्जु प्रसाई, प्रमुख प्रशासकिय अधिधकृत मोहनप्रसाद न्यौपानेले शालिक स्थलको शिल्यान्यास गरेका हुन् ।

नगरपालिकाको करिव १२ लाख रुपैँयाको लागतमा शालिक निर्माण गर्न लागिएको हो । आगामी प्रजातन्त्र दिवसको दिन पारेर शालिकको अनावरण गरिने कनकाई नगरपालिका प्रमुख पोखरेलले बताए ।

नगरपालिकामा पस्ने जोकोही सेवाग्राहीलाई राष्ट्रिय भावनाले अभिप्रेरित गरोस र कतिपय पृथ्वीनारायण शाहका दिव्यउपदेशहरु कर्मचारीहरुका लागि समेत मार्गदर्शन गर्ने हुँदा नगरपालिकाले शाहको सालिक निर्माण गर्न सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए ।

शिल्यान्यास कार्यक्रमा नगरपालिकाका वार्ड नम्बर ४ का वडाअध्यक्ष गोविन्द पौडेल, १ का वडाअध्यक्ष रोशनराज पोखरेल, नेपाली कांग्रेसका कनकाई नगर सभापति दुर्गा प्रसाई , नेकपा एमालेका नगर अध्यक्ष खडगप्रसाद प्रसाई, राप्रपा नेता तथा बन्द निषेधित नगरका जिउदो सहिद मानिएका विष्णु ओली, कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जाका अध्यक्ष मिनाल तिम्सिना, रोटरी क्लव अफ सुरुंगाका अध्यक्ष सुशिल श्रेष्ठ, लगायातको उपस्थिति रहेको थियो । उक्त पूर्ण कदको शालिक कनकाई नगरपालिकाका चर्चित राष्ट्रिय कलाकार हिम्मत नेम्वाङले बनाउदै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 717

प्रतिक्रिया (०)

सम्बन्धित खबर