Aamsanchar

एमाले उदयपुर अध्यक्षमा परमेश्वर चयन

Author Image
बुधवार, पौष २८, २०७८

  उदयपुर : नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे चयन भएका छन्। पाँच दिनदेखि सदरमुकाम गाईघाटमा जारी आठौँ जिल्ला अधिवेशनको बन्दशत्रले मंगलबार घिमिरेको नेतृत्वमा १ सय १६ जनाको जिल्ला कमिटी सर्वसहमत चयन गरेको हो।

त्यसैगरी उपाध्यक्षमा कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालुमान लामा र उपसचिवद्धयमा भरतबहादुर थापा, टेकबहादुर राउत रहेका छन्। सोमबार बेलुकी घिमिरे नेतृत्वको कमिटीलाई अध्यक्ष मण्डलले घोषणा गरेपछि केहि असन्तुष्टिको स्वरहरु आएका थिए।

मतदान प्रकृयाको माग भएपछि अध्यक्ष मण्डलले निर्वाचनमा जाने निर्णय गर्दै निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। अध्यक्ष मण्डलको निर्देशन सँगै मंगलबार ११ बजेदेखि निर्वाचन समितिले प्रक्रिया अघि बढाएकोमा सार्वजनिक गरिएका व्यक्तिबाहेक अन्य कसैको उमेदवारी नपरेपछि घिमिरे नेतृत्वलाई वैधानिकता पाएको निर्वाचन समितिका संयोजक विदुरबहादुर राउतले जानकारी दिए।

उनले भने, ‘निर्वाचन तालिका अनुसार प्रक्रिया बढाउँदा दिएको समयसिमा भित्र कसैको पनि उमेदवारी नपरेकाले घोषणा गरेका हौँ। जिम्वेवारी पाएका सबैले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका छन्।
घिमिरे यसअघि सातौँ जिल्ला अधिवेशनबाट जिल्ला सचिवमा निर्वाचित भएका थिए। विगत लामो समयदेखि पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल समूहमा जोडिएका घिमिरे पछिल्लो समय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विगठनको पक्षमा थिए।
नेकपा विभाजनपछि घिमिरेले एमालेलाई साथ दिएका थिए। पार्टीभित्र आएको विचलनमा त्यहीँ उनको चट्टानी अडानकैकारण केन्द्र, प्रदेश र जिल्ला नेतृत्वले अध्यक्षको जिम्मेवारी पाएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर