Aamsanchar

सुरुंगा जेसीजको अध्यक्षमा न्यौपाने

Author Image
बिहिवार, पौष २९, २०७८

सुरुंङ्गा । झापाको कनकाई नगरपालिका सुरुंगामा रहेको जेसीआई सरुंगाको बर्ष २०२२ का लागि सुष्मा न्यौपाने सर्वसम्वत अध्यक्षमा निर्वाचित भएकी छन् ।

जेसीजको बुधबार (हिजो) सम्पन्न १४ औं बार्षिक साधारणसभाबाट अध्यक्ष पदमा न्यौपाने सहित कार्यकारिणी उपाध्यक्षमा मेनुका उप्रेती र दिपेन्द्र प्रधान, उपाध्यक्षमा विवेक शिवाकोटी, पुष्प पौडेल, रोहित कोइराला र भिम राजवंशी निर्वाचित भएका छन् । त्यसैगरी जनसम्पर्क अधिकारीमा खुश्बु पौडेल सर्वसम्वत निर्वाचित भएकी छन् ।

सुरुंङा जेसीज बर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीको सभापतित्वमा सम्पन्न साधारणसभाको समुदघाटन सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष, कार्यक्रमका प्रमुख अतिथि कुमारमणी पोखरेलले गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्षहरु मोतिखर ओझा, शिव कडेल, सरला दाहाल, जबिन तिम्सिना, कमल कट्टेल लगायतको उपस्थिति रहेको थियो । सुरुंङा जेसीजकोे बिधान अनुसार निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेतीको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

सुरुंगा जेसीजको अन्य कार्य समिति पदाधिकारीहरु पद हस्तान्तरण कार्यक्रममा मनोनित गर्ने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर