Aamsanchar

उत्तरायण आरम्भ

Author Image
शनिवार, माघ १, २०७८

वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ती दुई परिवर्तनलाई ूउत्तरायण र दक्षिणायनू भनेर बुझिन्छ। ६ (६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सूर्य कर्कट राशि देखि धनु राशिसम्म प्रवेश गर्दछ त्यो समयलाई दक्षिणायन भन्ने गरिन्छ।

उत्तरायणको अवधिमा सूर्यको परिक्रमा मार्ग बिस्तारै उत्तरतर्फ लाग्दै गरेको हामीले देख्ने सक्छौ। शास्त्रको अनुसार उत्तरायणलाई सकारात्मकता तथा दक्षिणायनलाई नकारात्मकताको प्रतीक मान्ने गरिन्छ। शास्त्रको अनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायनको ६ महिना देवताहरूको एक रात।

पौराणिक भनाई के रहेको छ भने उत्तरायणको बेला मृत्यु भएका मानिसहरूले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायनको बेला मृत्यु भएका मानिसहरूले पुनर्जन्म लिनु पर्छ, यसै कारण पनि सूर्यको यी दुई स्थितिलाई मानिसहरूको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ।

उत्तरायणको बेला दिनहरू लामो र रातहरू छोटो हुने गर्दछन् । उत्तरायणमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिन्छ। सबैको भलो होस्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 599

प्रतिक्रिया (०)

सम्बन्धित खबर