Aamsanchar

चारपानेमा योग दिवस मनाइयो

Author Image
शनिवार, माघ १, २०७८

चारपाने । आज सातौं योग दिवस देशका विभिन्न स्थानमा मनाईएको छ । योगले मानव स्थास्थ्यमा पार्ने समारात्मक प्रभावका बारेमा चर्चा गर्दै झापाको विर्तामोड–२, चारपाने स्थित विवेका आश्रममा पनि योग दिवस मनाइएको छ । पातञ्जल योग विर्तामोड नगर समिति र साङ्गवेद संस्कृत मा.वि.को संयुक्त आयोजनामा योग दिवस मनाइएको हो ।

पातञ्जल योग बिर्तामोड नगर समितिका अध्यक्ष चन्द्रकान्त ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यगामा रहेको थियो ।

योग दिवस कार्यक्रममा योग सम्वन्धी चर्चा गरिएको थियो । पातञ्जल योग समिति प्रदेश १ की सदस्य उर्मिला पोखरेलले विद्यार्थी र उपस्थित व्यीक्तहरुलाई प्रतिकात्मक योग सिकाएकी थिईन् । भगवान शिवले सुरु गरेको योग अन्तरगत पञ्चकोषका बारेमा ढकालले जानकारी गराएकी थिईन् ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, पातञ्जल योग समितिका प्रदेश १ अध्यक्ष केशव ताम्रकार, साङ्गवेद मा.वि.का अध्यक्ष पंडित छन्दुराम भण्डारी, प्राचार्य दामोदर न्यौपाने, पातञ्जल झापा जिल्ला समिति अध्यक्ष श्याम गुवागुन, मेचीनगर अध्यक्ष टेकेद्र ढकाल, चारपानेका समाजसेवी डिल्लीराम सिटौलालगायतले योगका विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको संचालन पाताञ्जल योग समिति बिर्तामोड नगर सचिव भरत भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर