Aamsanchar

अग्निपीडित परिवारलाई राहत उपलब्ध गराउन माग

Author Image
मङ्गलवार, माघ ४, २०७८

मेचीनगर – आगो निभाउने क्रममा ज्यान गुमाएका झापा मेचीनगर-८ का सरद राजबंसीको परिवारलाई नेकपा माओवादी केन्द्र मेचीनगरले सहयोग जुटाएको छ ।
१२औ पुन्य तिथिमा राजवसी समाज विकास समिति झापाको पहलमा माओवादी केन्द्रले नगद ७ हजार ५ सय र खाद्यान्न सामाग्री पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।
सोही क्रममा राजवसी समाज विकास समितिले नगद ८ हजार ५ सय रुपैया मृतककी राजवसीको छोरिलाई हस्तान्तरण गरेको राजवसी समाज विकास जिल्ला कार्य समिति सचीव मुनिलाल राजवसीले जानकारी दिए । मेचीनगर-७ पिपलचोकस्थित केशव पाठकको घरमा गत पुस २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका सरद राजवसीको सोही घरको सिलिन्डर ग्यास पड्कीएर मृत्यु भएको थियो ।
आर्थिक अबस्था कमजोर रहेको मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ । त्यस क्रममा माओवादी केन्द्र मेचीगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए । पीडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवसी समाज विकास समितिले जोडदार माग गरेको सचीव मुनिलाल राजवसीले जानकारी दिए ।
उत्तम राजवसी, नन्दलाल राजवसी मेचीनगर समितिका सल्लाहकार सदस्य हिरामोहन राजवसी नगर समितिका सचिव सुकलाल राजवसी कोषाध्यक्ष मिना राजवसी मेचीनगर -१४ का अध्यक्ष सुशील राजवसी मेचीनगरपालिकाका इन्जिनियर प्रदिप राजवसी ओभरसियर सुजित राजवसीलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 527

प्रतिक्रिया (०)

सम्बन्धित खबर