Aamsanchar

‘नेपाल आइडल’ टप १२ मा पर्न सफल “नामगेल तामाङ” को लागि युवाहरुको टिमले समिति निर्माण गर्यो !!

Author Image
बुधवार, माघ ५, २०७८

बिर्तामोड । नेपालकै चर्चीत रियालिटी शो ‘नेपाल आइडल’ सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोड नगरपालिका–९ का नामगेल तामाङलाई जिताउन बिर्तामोडमा संगीतप्रेमी युवाहरुको टिमले समिति निर्माण गरेको छ । सानैदेखि गायन कलामा अब्बल तामाङलाई पूर्वको गहनाको रुपमा स्थापित गराउने उदेश्यले उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि समिति निर्माण गरिएको जनाइएको छ । सामाजिक सञ्जाल र युट्युवमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगेतिक क्षेत्रमा चम्किलो तारा बनेका तामाङमा क्षमता भएकाले उनलाई जिताउन समिति गठन गरेको बुधवार बिर्तामोडमा पत्रकार भेटभाट गरेर जानकारी दिइएको हो । जुनसुकै प्रकारका गीत गाउन सक्ने गायक तामाङमा गुण रहेको र मेहनत, लगाव र अनुशासन भएकाले पनि उनले जित्नु पर्ने समितिका संयोजक तथा संगितकार जोनी तामाङले बताए । उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि बिर्तामोडमा कार्यालय नै स्थापना गर्ने सपोटर प्रकाश लिङ्देनले बताएका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्य शहर तथा जिल्लामा यहि समितिले प्रचारप्रसारको कार्य गर्ने लिङ्देनले जानकारी दिए । संगितकार जोनी तामाङ रहेको समितिको सदस्यमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाचकोटी रहेका छन् । कार्यक्रमको सञ्चा।।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 381

प्रतिक्रिया (०)

सम्बन्धित खबर