Aamsanchar

कन्याममा हिँउ परेको होईन

Author Image
बिहिवार, माघ ६, २०७८

फोटो : सामाजिक संजालबाट

विर्तामोड । आज प्रदेश १ इलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका केही क्षेत्रमा बाक्लो असिना परेको छ ।

दिउसो  हर्कटे बजार त्यस माथीको कन्याम चिया कमानको १० नं ब्लकको डाँडा देखी कन्याम ईन, हुँदै डुँडेगैह्री खेल मैदान सम्म असिना परेर सेताम्मे बनेको छ । करिब २५ मिनेट जति निरन्तर परेको असिनाका कारण सो क्षेत्र हिउ परेजस्तो सेताम्मे देखिएको थियो । त्यही असिनाको फोटो देखाएर कन्याममा हिँउ पर्यो भनेर केही सामाजिक संजल प्रयोगकर्ताहरुले भ्रम फैलाएको स्थानिय टेकराज गिरीले बताए ।

गिरीको अनाई अनुसार भोलि बिहान सम्म असिना जमेर रहने सम्भावना रहेको छ । इलामको उत्तरी क्षेत्र जौंबारी, सन्दकपुरमा भने आज पनि हिँउ परेको छ।

बाक्लो असिना परेपछि सो क्षेत्रका कृषकहरु खुसी भएका छन् । पहाडमा पानी पर्नु भन्दा असिना पर्नु बालीनालीको लागि उत्तम हुने गर्दछ । परेको पानी बगेरजाने हुँदा लामो समय सम्म जमिन चिसो हुन पाउदैन भने, असिना पग्लिएर जमिनमा रहने हुदाँ बाली विरुवा राम्रो हुने स्थानिय कृषकहरुको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 814

प्रतिक्रिया (०)

सम्बन्धित खबर