Aamsanchar

वीरता जेसीजद्वारा संस्थापक अध्यक्ष बस्नेतलाई बधाई तथा सम्मान

Author Image
शनिवार, माघ १५, २०७८

राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित गोपाल कुमार बस्नेतलाई वीरता जेसीजले सम्मान गरेको छ ।

वीरता जेसीजको ४१ औं स्थापना दिवसका अवसर पारेर बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच वस्नेतलाई सम्मान गरिएको हो । वीरता जेसीजका संस्थापक समेत रहनु भएका बस्नेत हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट निर्वाचित हुनु भएको थियो ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलले राष्ट्रिय सभा सदस्यमा निर्वाचित बस्नेतलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

वशन्त ढकालको संयोजकत्वमा भएको सम्मान कार्यक्रम वीरता जेसीजका अध्यक्ष प्रविण खड्काको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल राष्ट्रिय सभा जस्तो सम्मानित स्थानमा झापाबाट प्रतिनिधित्व गर्दै जेसीजका संस्थापक अध्यक्ष बस्नेत निर्वाचित हुनु भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

वीरता जेसीजका कोषाध्यक्ष दीवाकरलाल चौधरीले आस्थावाचन गरेको कार्यक्रममा सम्मानित बस्नेतको सम्मान पत्र घनश्याम चौधरीले गर्नु भएको थियो भने स्वागत कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाले गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव टीकाराम खतिवडाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)