Aamsanchar

आहा–रारा गोल्डकपको उपाधि एपीएफलाई

Author Image
शनिवार, माघ १५, २०७८

काठमाडौं : पोखरामा जारी आहा–रारा गोल्डकपको २० औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ।

६ पटकको उपाधि बिजेता मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि उचालेको हो । एपीएफले आहा–रारा गोल्डकपको पहिलोपटक उपाधि उचाल्दै इतिहास रचेको छ।

एपीएफका पाँचै खेलाडीले पेनाल्टी सुटआउटमा गोल गर्दा घरेलु टोली मनाङका ओलावाले आफिजको पेनाल्टी प्रहार एपीएफका गोलरक्षकले रोकेका थिए।

निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको ३० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

यसअघि खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए। खेलको ६७ औं मिनेटमा दयानन्द सिंहले हेडरमार्फत् गोल गर्दै खेल बराबरीमा ल्याए।

८४ औं मिनेटमा विदेशी खेलाडी फ्र्यांकलिन कुएटे टाल्लाले गोल गरेपछि मनाङले अग्रता बनाएको थियो। तर इन्जुरी समयमा एपीएफका रबि थिङले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए। प्रतियोगिताको विजेता एपीएफले १० लाख १ हजार र उपविजेता मनाङले ५ लाख १ हजार पुरस्कार प्राप्त गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर