Aamsanchar

नेपालमा थप १ हजार ३ सय ८६ जनामा कोरोना पुष्टि, ८ हजार ७ सय ४ निको

Author Image
आइतवार, माघ २३, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार तीन सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर नौ हजार दुई सय ५१ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त विवरणलाई पनि जोडेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार सात सय चार जना निको भएका छन् । यस्तै थप ११ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ४५ हजार दुई सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ७९ हजार नौ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)