Aamsanchar

‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (भिडियो)

Author Image
बुधवार, माघ २६, २०७८

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् ।

भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक गरिएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटनस्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ । बीएम खालिङको खोज र लेखन रहेको वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ । कमल राईको छायांकन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो । असल टिभ  नामक युट्युव च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ । पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 1339

प्रतिक्रिया (०)

सम्बन्धित खबर