Aamsanchar

कटुवा पेस्तोल सहित भद्रपुरबाट एक युवा पक्राउ

Author Image
आइतवार, फागुन १, २०७८

झापा । झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का २४ बर्षीय मुगालाल माझी रहेका छन ।

आज बिहान साढे ६ बजे गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक दलकुमार राईको टोलीले माझीको घरमा खानतलासी गर्दा झोलामा लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । कटुवा पेस्तोल सहित पक्राउ परेका माझी उपर जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाउको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 393

प्रतिक्रिया (०)

सम्बन्धित खबर