Aamsanchar

चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा आज नेपाल र आयरल्याण्स भिड्दै

Author Image
सोमवार, फागुन २, २०७८

काठमाडौं –  नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा आजअपरान्ह ४ः४५ बजेदेखि ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा हुनेछ। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो। तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

आयरल्यान्ड र नेपालबीच हालसम्म दुई टी–२० खेल भएको छ। दुबै खेलमा आयरल्यान्डले विजयी भएको छ।

२०१५ को टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल आयरल्यान्डसँग ५३ रनमा अल आउट हुँदै ८ विकेटले पराजित भएको थियो यस्तै २०१९ मा पाँच देश सम्मिलित टी–२० आई सिरिजमा नेपाल १३ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर