Aamsanchar

ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान सन्दीप लामिछानेकाे ५० विकेट

Author Image
सोमवार, फागुन २, २०७८

काठमाडौं – नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् ।

सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आयरल्यान्डविरुद्ध ५०औँ विकेट लिएका हुन् । सन्दीपले १८औँ ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । यससँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा भएको हो । सन्दीपले २९ खेलबाट ५० विकेट लिएका हुन् । सन्दीपले वेस्ट इन्डिजविरुद्ध आईसीसी विश्व–११ को टिमबाट खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर