Aamsanchar

आईसीसी टी–२०मा नेपालकाे वरीयता खस्कियाे

Author Image
मङ्गलवार, फागुन ३, २०७८

काठमाण्डाै – आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो ।

ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

चार देशीय श्रृङ्खलामा सहभागी आयरल्यान्ड १५औंँ तथा ओमान १८औँ स्थानमा छन्। आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल, आयरल्यान्ड, यूएई र ओमानले ओमानमा चारदेशीय श्रृङ्खला खेलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)