Aamsanchar

‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदै

Author Image
बिहिवार, फागुन ५, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् ।

खेल दिउँसो १ बजे सुरु हुनेछ । मनाङ १० खेलमा २० अङ्क जोडेर अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा एपीएफ ११ अङ्क जोडेर नवौँ स्थानमा छ । त्यस्तै अर्को खेलमा न्युरोड टिम एनआरटी र सङ्कटा क्लब खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुनेछ ।

एनआरटी १० खेलमा १४ अङ्क जोडेर सातौँ स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्कसहित पाँचौँ स्थानमा छ । लिगको उपाधि भने मच्छिन्द्र क्लबले जितिसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर