Aamsanchar

बिर्तामोड खानेपानीले औपचारिक रुपमा सार्वजनिक गर्यो सम्मान पत्र

Author Image
बिहिवार, फागुन ५, २०७८

बिर्तामोड । झापा बिर्तामोडको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई नगर विकास कोषले उत्कृष्ट खानेपानी छनौट गरी सम्मान तथा पुरस्कृत गरेको छ । सामाजिक क्षेत्रसहित कोषले निर्धारण गरेको मूल्याङ्कनका आधारमा देशकै उत्कृष्ट खानेपानीको रुपमा दोस्रो पटक सम्मानीत गरेको हो ।

कोषको ३४ औं बार्षिकोत्सवको अवसर पारेर गत फागुन २ गते दोस्रो पटक देशकै उत्कृष्ट खानेपानी छनौट गरी सम्मान गरेको बिहीवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । संस्थालाई शहरी बिकासमन्त्री तथा कार्यक्रमकी प्रमुख अतिथि रामकुमारी झाकीले सम्मानसहित प्रमाणपत्र प्रदान गरेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले बताए ।

देशभर रहेका एकसय ५ वटा साना शहरी मध्ये सञ्चालनमा रहेका एकसय संस्थाहरु मध्येबाट ९९ लाई पछि पार्दै संस्थाले दोस्रो पटक सम्मानीत भएको अध्यक्ष गुरुङले जानकारी दिए । संस्था सम्मानीत हुनुमा कार्य समिति, कर्मचारी र उपभोक्ताहरुको साथ र सहयोगसमेत रहेको उनले बताए । उनले संस्थाको स्थापना कालदेखि नै सिमित स्रोत साधन र बजेटको परिधि भित्र रहेर उपभोक्ताको माग बमोजिम स्वच्छ, स्वास्थ्य पिउने पानी उपलब्ध गराउँदै आएको जानकारी दिए ।

त्यस्तै बिर्तामोडमा शहरीकरण तिब्र रुपमा वढ्दै गइरहेको उपभोक्ताको वढ्दो पानीको मागलाई ध्यानमा राखेर संस्थाले निरन्तर रुपमा आफ्ना गतिविधिहरुलाई सकेसम्म उपभोक्ताको हितमा काम गरिरहेको अध्यक्ष गुरुङले बताएका छन् ।

संस्थालाई यसअघि नगर विकास कोषको ३० औं बार्षिकोत्सवको अवसर पारेर पहिलो पटक सम्मान गरिएको थियो । पहिलो पटक कोषले संस्थाको निर्माण तथा पुनः निर्माण सञ्चालनका लागि साझेदारी लागत सहभागीतामा उपलब्ध गराएका आयोजना चुस्त-दुरुस्त पारदर्शी ढंगले समयमै सम्पन्न गरेर उपभोक्ता र संस्थाको हितमा कार्य गरेको भन्दै सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाल, कार्य समिति पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिब मेघराज वास्तोलाले गरेका थिए । संस्थामा करिव ८ हजार उपभोक्ता रहेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर