Aamsanchar

फोटो पत्रकार महासंघ झापाद्वारा मनकामनाका विद्यार्थीहरुलाई १५ घण्टे तालिम प्रदान

Author Image
शनिवार, फागुन ७, २०७८

बिर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजको आयोजना र नेपाल फोटो पत्रकार महासंघ झापाको प्राविधिक सहयोगमा १५ घण्टे आधारभूत फोटो पत्रकारिता तालिम सम्पन्न भएको ।

मनकामना कलेजले गतबर्ष देखि कितावी ज्ञान संगै प्रयोगात्मक ज्ञान पनि उत्तिकै आवश्य रहने भएकाले नेपाल फोटो पत्रकार महासंघ झापा शखा संगको सहकार्यमा पत्रकारिता विषय लिएर अध्ययनरत विद्यार्थीहरुलाई यस बर्ष पनि प्रयोगात्मक फोटो पत्रकारिता फोटोग्राफी) तालिम उपलब्ध गराईएको कलेजका प्रिन्सिपल प्रेमप्रसाद भट्टराईले बताए ।

विहिबारबाट सुरु भएको १५ घण्टे तालिमा नेपाल फोटो पत्रकार महसंघ झापाका अध्यक्ष विनोद पाण्डे, उपाध्यक्ष इन्द्रजित मुखिया, सचिव विष्णु लामिछने, कोषाध्यक्ष शरद जोशी सदस्य धर्मराज प्रसाई र देवेन खरेलले सहजीकरण गरेका थिए ।
तालिममा २० जना भन्दा धेरै विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 398

प्रतिक्रिया (०)

सम्बन्धित खबर