Aamsanchar

टी–ट्वान्टी विश्वकपकाे ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै

Author Image
शनिवार, फागुन ७, २०७८

काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज शनिबार फिलिपिन्सको सामना गर्दैछ ।

विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सको सामना गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै छनोटमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो । नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

फिलिपिन्स भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।

यस्तै, नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका तय भएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ मा हुनेछ । फाइनल भने फेब्रुअरी २४ तारिखमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर