Aamsanchar

प्रदेश १ मा ७ सय २४ जनामा परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टी

Author Image
आइतवार, फागुन ८, २०७८


विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १–१, सुनसरीको कोशी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १–१, पाँचथरको फालेलुङ र फिदिममा १–१, झापाको दमक र मेचीनगरमा १–१, धनकुटाको पाख्रिबास र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५० महिला र ५१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 633

प्रतिक्रिया (०)