Aamsanchar

सुरुंगा जेसीजद्वारा साधुटारका गाईहरुको लागि आहार वितरण

Author Image
आइतवार, फागुन ८, २०७८

कनकाई । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले मानवलाई मात्र नभएर माताको दर्जा पाएको गौहरुको लागि पनि आहार सहयोग गरेको छ ।

सुरुंगा जेसीजले अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ शाधुटारेको गौशालमा रहेका गाईहरुको लागि ५ सय किलो चोकर, २ सय किलो कोपी र ४ बोरा नुन उपलब्ध गराएको शंकराचार्य पीठका अध्यक्ष लक्ष्मीप्रसाद खतिवडाले बताए । खतिवडाले भने ‘ आजको समयमा मानिसहरु आफू र आफ्नोमा मात्र केन्द्रित बन्दै गएको बेला सुरुंगा जेसीजले गौमाताहरुको लागि आहार उलब्ध गराएर अरु संस्था भन्दा फरक किसिमको सामाजिक काम गरेको छ ।’

सुरुंगा जेसीजका रोहित कोईरालाको संयोजकत्व र जेसीज अध्यक्ष शुष्मा उप्रेतीको अध्यक्षता आज आयोजित पशु आहार वितरण कार्यक्रममा निर्वतमान अध्यक्ष यदुका उप्रेती, पूर्व अध्यक्ष एलपी उप्रेती, सहयोगीहरु हिमादेवी उप्रेती, ईन्जिनियर प्रफुल्ल पोखरेल लगायतले पशु आहार वितरण गरेका थिए ।

समुदायको दान सहयोगको भरमा वैधिक गुरुकुल संचालन हुदै आएको साधुटारमा आवासिय बटुकहरुको लागि दुग्धजन्य पदार्थ प्रयोग गरिदै आइएको गुरुकुल व्यवस्थापन मितिले जनाएको छ ।

कार्यक्रमको संचालन जेसीज महासचिव दुर्गाप्रसाद पाठक (राजु)ले गरेका थिए  भने जेसीज आस्था वाचत निर्मला खड्काले गरेकी थिइन् ।

सुरुंगा जेसीजले यस अघी विपतमा परेका र कोरोना कहरको बेला खाद्ययन्न संकटमा परेका मानिसहरलाई खाध्यन्न सहयोग गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 645

प्रतिक्रिया (०)

सम्बन्धित खबर