Aamsanchar

लम्सालको नेतृत्वमा बागेडाँगी–त्रिदेवीमा नयाँ समिति

Author Image
आइतवार, फागुन ८, २०७८

लक्ष्मीपुर । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरमा रहेको पुरानो सहकारी संस्था बागेडाँगी–त्रिदेवी बहुउदेश्य सहकारीले नयाँ नेतृत्व पाएको छ । स्थानिय समाजसेवी छविलाल लम्सालको नेतृत्वमा ११ सदस्य संचालक समिति चयन गरिएको छ ।

संस्थाको १९ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट सर्वसम्वत नयाँ समिति चयन भएको हो ।

गत माघ २० गते देखि चुनावी प्रक्रिया सुरु भई सर्वसम्वतको प्रयास गर्दै जाँदा माघ २९ गते नयाँ संचालन समितिको टुङ्गो लागेको थियो ।

नव निर्वातिच समिति पदाधिकारीहरुमा अध्यक्ष लम्सालसहित उपाध्यक्ष सूर्यप्रसाद रिमाल, सचिव छविलाल कट्टेल, सहसचिव सुवास घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी संचालक समिति सदस्यमा शिवकुमार चुडाल, गंगादेवी पाठक, गोपीनाथ उप्रेती,लालबहादुर खड्का, राम्रीमाया वि.क., वनिता कार्की ढकाल र टेकबहादुर बस्नेत निर्वाचित भएका छन् । तिन सदस्यीय लेखा समिति पनि चयन गरिएको छ । लेखा समिति संयोजकमा रुद्र ओली र सदस्यहरुमा यूवराज न्यौपाने र विनु बजगाईं सर्वसम्वत चयन गरिएको हो । संस्थाको ऋण समितिमा संयोजक शिवकुमार चुडाल रहेका छन्, सदस्यमा उर्मिला भेटुेवाल र जेतबहादुर बुढाथोकीलाई चयन गरिएको निर्वाचन संयोजक चन्द्रप्रसाद चुडालले जानकारी दिए ।

हिजो शनिबार पुरानो समितिले नयाँ समितिलाई पद हस्तान्तरण पनि गरेका छ । पद हस्तान्तरण कार्यक्रमकै दिन नयाँ समितिले ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको संयोजकमा निवर्तमान अध्यक्ष उमानाथ लम्साललाई चयन गरिएको छ भने सदस्यहरुमा पूर्व अध्यक्ष दुर्गाप्रसाद पराजुली, स्थानिय समाजसेवीहरु केशवप्रसाद ओझा, मानबहादुर कार्की, भिमप्रसाद लम्साल, लिलाबहादुर कटुवाल र गणेशबहादुर कार्की रहेका छन् ।

बागेडाँगी–त्रिदेवी बहुउदेश्य सहकारीमा हाल १ हजार १२ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी १४ लाख रहेको छ भने कुल कारोबार ११ करोड रहेको संस्थाकी व्यवस्थापक तथा कार्यक्रम संचालक यसोदा कार्कीले बताइन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर