Aamsanchar

नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट, केहीबेरमा नेपालले जवाफी ब्याटिङ् गर्ने

Author Image
सोमवार, फागुन ९, २०७८

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे ।

क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।

याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह ‘ए’ काे उपविजेता यूएईसँग खेल्नेछ । यस्तै नेपाल उपविजेता भए समूह ‘ए’ काे विजेता आयरल्यान्डसँग खेल्नेछ ।

सेमिफाइनल खेल भाेलि मङ्गलवार र फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 382

प्रतिक्रिया (०)

सम्बन्धित खबर