Aamsanchar

ओमानद्वारा नेपाललाई ८८ रनकाे लक्ष्य प्रस्तुत

Author Image
बिहिवार, फागुन १२, २०७८

काठमाण्डाै – आईसीसी टी २० विश्व कप क्रिकेट ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि भएकाे खेलमा ओमानले नेपाललाई ८८ रनकाे सामान्य लक्ष्य दिएकाे छ ।

अलअमिरातमा टस जितेर ब्याटिङ गरेकाे ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । ओमानका लागि कप्तान जेशान मक्सुदले २१, आयन खानले १६ र नसीम खुशीले १५ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले मात्र १३ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी, आरिफ शेख, अविनाश बाेहरा र सागर ढकालले एक–एक विकेट लिए ।

नेपाल विश्व कप छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएको थियो । यस्तै ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।

यसै वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्व कपमा छनोट भएका यूएई र आयरल्यान्डले आज ग्लोबल छनोटको उपाधिका लागि खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 226

प्रतिक्रिया (०)

सम्बन्धित खबर