Aamsanchar

धनियाँमा औषधीय गुण पनि, यी हुन् खाँदाका ४ फाइदा

Author Image
सोमवार, फागुन २३, २०७८

सागसब्जी किन्दा सित्तैमा धनियाँ माग्नु ग्राहकको अधिकार जस्तै बनेको छ । धनियाँको पातको स्वाद र बास्नाले कुनै पनि परिकारमा सुनमा सुगन्ध थपिन्छ । तर धनियाँले खानाको स्वाद बढाउने मात्र होइन यसका औषधीय गुण पनि धेरै छन् ।  धनियाँको पातमा भिटामिन सी, कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, आइरन, फाइबर, थायामिन तथा मिनरल्स आदि थुप्रै पौष्टिक तत्त्व पाइन्छ । थाहा पाउनुहोस् पोषक तत्त्वयुक्त धनियाँको पातको स्वास्थ्य लाभको बारेमा :१. पाचन प्रणालीमा सुधार
धेरै रोगहरू विरुद्ध लड्न पाचन शक्ति राम्रो हुनुपर्छ । यसका लागि तपाईंको खानामा धनियाँका पातहरू पनि एकदमै स्वस्थ हुन सक्छन् । यसको सेवनले तपाईंको पाचन क्षमतामा सुधार मात्र होइन, पेट दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाउन मद्दत गर्छ ।२. मधुमेहका रोगीहरूका लागि
मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु एकदमै महत्त्वपूर्ण छ। तसर्थ, धनियाँको पातको सेवन रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाभदायक हुन सक्छ । मधुमेहका बिरामीका लागि खानामा हरियो धनियाँ नियमित रूपमा समावेश गर्दा रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।३. आँखाको ज्योति बढाउन
आँखाको स्वास्थ्यका लागि भिटामिन ए राम्रो मानिन्छ । हरियो धनियाँमा भिटामिन ए पनि पाइन्छ । त्यसैले यसको सेवनले आँखाको ज्योति बढाउन मद्दत गर्छ । तसर्थ, बच्चादेखि वयस्कसम्म सबैको लागि धनियाँको पात खानु लाभदायक हुन सक्छ।४. मिर्गौलालाई डिटक्सिफाई गर्नु
मिर्गौलाले तपाईंको शरीरबाट फोहोर पदार्थहरू बाहिर निकाल्ने काम गर्छ ।  धनियाँमा डिटक्सिफिकेसनको गुण पनि हुन्छ, जुन तपाईंको शरीरलाई विषाक्तमुक्त बनाउन प्रभावकारी साबित हुन सक्छ । दालमा काटेर, तरकारीमा वा सुप आदि मा राखेर धनियाँको पात सेवन गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 630

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१