Aamsanchar

सौभाग्यशाली नारीमा देखिने लक्षणहरु

Author Image
मङ्गलवार, फागुन २४, २०७८

नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्य हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ ।

यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, नारीलाई बुझ्नु, उनको मन पढ्नु, उनको भावभंगीमा जान्न त्यती सहज छैन ।

नारीको आकर्षण

यही रहस्यमय स्वरुपको कारण नारीको आकर्षण सृष्टिको प्रारम्भदेखि अहिलेसम्म लगातार कायम छ । प्राकृतिक आकर्षण र विवाह जस्ता संस्कारलाई सफल र संभव बनाउनका लागि नारीलाई बुझ्नैपर्ने अवस्था पनि छ । शरीर विज्ञानले नारीमाथि गरेको लामो शोधपछि केही यस्ता लक्षण थाहा भयो, जसले नारीको बारेमा केही हदसम्म जान्न सकिन्छ ।

नारीको नाक यदि यस्तो छ

> शरीर विज्ञान अनुसार सानो मुख भएको नारी पुरुषका लागि शुभ मानिन्छ । यद्यपी ध्यान दिनुपर्ने चाहि के भने, धेरै सानो मुख भएको नारी पनि त्यती ठिक हुन्न ।

>नारीको नाक यदि सानो छ भने उनीहरु कामकाजी हुन्छन् । नाकको अगिल्लो हिस्सा लामो छ भने यस्ता नारीले जीवनभर रानीको समान सुखभोग गर्छिन् ।

>जुन नारीको गर्दन सुन्दर, सुडौल छ, उनीहरु श्रेष्ठ मानिन्छ । सुन्दर गला एवं गर्दन श्रेष्ठताको सूचक हो ।

गोलो र गुलाबी ओंठ

>जुन नारीको ओंठको बिचमा रेखा देखिन्छ, उनी सौभाग्यशाली हुन्छन् । नरम, गुलाबी र गोलाकार ओंठ भएकी नारीले श्रीमान्लाई सुख दिन्छन् ।

>नारीको दाँत मिलेको, मझौला र सफा छ भने राम्रो मानिन्छ । जुन नारीको दाँत गाईको दुध जस्तै सेतो हुन्छ, उनीहरु श्रीमानका अत्यान्त प्रिय हुन्छन् ।

>जुन नारीको जिब्रो पातलो, रातो र कोमल हुन्छ, उनले श्रेष्ठ श्रीमान पाउँछन् र जीवन सौभाग्यले भरपुर हुन्छ ।

>मृगको जस्तो आँखा भएकी नारी श्रीमान्का लागि शुभ मानिन्छ ।

>जुन नारीको औंला कोमल र आपसमा जोडिएको हुन्छ, उनीहरु परम सौभाग्यशाली हुन्छन् । यसको विपरित यदि कुनै नारीको खुट्टाको औंला आपसमा मिलेका छैनन् भने उनीहरुले धन संचित गर्न सक्दैनन् ।

नारीलाई कसरी बुझ्ने ?

उल्लेखित लक्षण एवं संकेत पनि आफैमा पूर्ण भने छैनन् । किनभने कहिले काहीँ उनीहरुको शारीरिक बनौट र स्वभाव आपसमा नमिलेको पनि पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१