Aamsanchar

‘नारी दिवस अनि झापा गोल्डकप’

Author Image
बुधवार, फागुन २५, २०७८

मोफसलको सबैभन्दा चर्चित गोल्डकप ‘झापा गोल्डकप’ गत फागुन २१ गते बाट सुरु भए संगै झापा खेलमय बनेको छ।अझ अनलाईन मिडिया, सामाजिक सञ्जालको कारणले देश तथा विदेशमा रहेका खेलप्रेमी हरुले झापा गोल्ड कप लाई चासो दिई राखेका छन् हेरी राखेका छन्।

विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको झापा गोल्डकप कोरोना को कारणले २ वर्ष सञ्चालन हुन सकेन भने यो वर्ष पाँचौं संस्करण उत्साहजनक सहभागितामा सञ्चालन भै रहेको छ।
गत फागुन २१ गते उदघाटन भएको प्रतियोगितामा दर्शकको उपस्थिति उत्साहजनक छ भने आयोजक को व्यवस्थापन प्रसंसनीय छ। प्रत्येक दिन दर्शकको उपस्थिति पनि बढ्दो छ ,आयोजकले हरेक दिनलाई विशेष बनाउने कोशिश गरिरहेको छ।

‘गोल्डकप को चौथो दिन अझ विशेष रहयो। कारण थियो मार्च ८ अर्थात् अन्तराष्ट्रिय नारी दिवश’ उक्त शुभ अवसरमा आयोजकले सम्पूर्ण महिला दिदि–बहिनीहरुलाई खेल हेर्न गरेको निशुल्क व्यवस्थाले सबैतिर चर्चा पायो ।सबै ठाउँ बाट यसको प्रशंषा भयो।

स्वाभाव र प्रकृतिले नै खेल प्रति पुरुष दाजुभाइको आकर्षण र सहभागिता पक्का बढी हो तर महिलाको चै कम छैन है भन्ने प्रमाण हिजो महिला दर्शकहरुको उपस्थिति देखिएको थियो।
सधैं कुल दर्शकको झण्डै ५ प्रतिशत मात्रै महिला उपस्थित रहने गरेकोमा गोल्डकपमा हिजो झण्डै ५० प्रतिशत महिला दर्शकको उपस्थिति थियो आखिर अवसर पाए महिला पनि कम छैनन् भन्ने उदाहरण बन्यो त्यो उपस्थिति।

नारी दिवसको दिन सरकारले दिएको सार्वजनिक बिदा अनि एकदिन भए पनि तनाव मुक्त भएर खेल हेरौँ न है भन्ने महिला दिदि बहिनीहरुको इच्छा र आयोजकको व्यवस्थापन सबैको संयोजन मिलेको थियो ।
संकटा र थ्री स्टार क्लब बीचको खेल को मनोरञ्जन सबै उपस्थित महिला दिदीबहिनीहरुले लिनुभयो वहाँ हरुको सकारात्मक प्रतिक्रियाले पक्का पनि आयोजकलाई ऊर्जा थपेको छ।
महिलाहरुको सम्मानमा केवल काम र जिम्मेवारी मात्र होइन, मनोरञ्जनमा पनि अवसर दिनुपर्छ भन्ने उद्देश्यले ,आज जुन व्यवस्था गरियो यसका परिकल्पनाकार झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई मुरी मुरी धन्यवाद अनि यो परिकल्पनालाई मूर्त रूप दिने सम्पूर्ण आयोजक कमिटीलाई विशेष आभार प्रकट गर्दछु।

हजुरआमा देखि नातिनी उमेर सम्मका दर्शक हरुको सहभागिता थियो कोही काखे नानी च्यापेर आउने देखि बैशाखी टेकेर आउने सम्म दिदीबहिनीहरु हुनु हुन्थ्यो। यसले के प्रमाणित गरिदिन्छ भने परिस्थिति जस्तोसुकै प्रतिकूल भएपनि मनस्थिति अनुकूल छ भने असम्भव केही रहनेछ।
निम्न देखि मध्यम वर्गीय सबै महिलाहरुको बाक्लो उपस्थितिमा प्रमुख अतिथि महिला,अध्यक्षता महिलाको अनि अतिथिको रुपमा मञ्चमा आसिन् केवल महिला दिदि बहिनि हरुमात्र ।
आहा१११ कति राम्रो परिकल्पना,अनि उत्तिकै चुस्त दुरुस्त व्यवस्थापन।

यदाकदा मञ्चमा अतिथिको रुपमा महिला राख्ने,कहीँ त राख्दै नराख्ने,आयोजकहरुलाई गतिलो पाठ सिकाइ दिएको छ झापा गोल्डकपले यो कार्य गरेकोमा फेरि पनि धन्यवाद।

कार्यक्रममा अझ रौनकता थपिदियो अखिल नेपाल महिला फुटबल संघ की अध्यक्ष वृन्दा देवानलाई गरेको सम्मानले।अनि वीरता जेसीजले सम्पूर्ण महिला दर्शकहरुलाई खादा ओढाई गरेको सम्मानले झन् सुनमा सुगन्ध थपिदियो।
आयोजकले महिला दिदी बहिनी हरुप्रती गरेको सम्मान र इज्जतले आफु महिला भएकोमा गौरव अनुभूति गरीरहेकी छु।

सूर्यको किरणले पहिलो स्पर्श गर्ने जिल्ला झापाबाट दिइएको यो सकारात्मक सन्देश सबैतिर फैलियोस् अनि यसको अनुशरण पनि सबैले गरून् तबमात्र महिलाको अर्थपूर्ण सहभागिता सम्भव छ ।
झापा गोल्डकप आयोजक ले लैंगिक समानताको लागि गरेको यो एउटा प्रयासले यो वर्षको राष्ट्रिय नारा
‘ूसामाजिक न्याय र लैङ्गिक समानतास्दिगो विकासको सुनिश्चिता’ले केही हदसम्म सार्थकता पाएको महसुस भएको छ।
हरेक दिन अधिकांस पुरुष दर्शकको उपस्थिति,आयोजक समितिमा प्रायस्दाजुभाइहरु कै उपस्थिति,सदस्यता लिएको फोटोहरु सामाजिक सञ्जालमा हेर्दा पनि प्राय पुरुषकै बाहुल्यता यो सब देखि रहँदा,महिला उपस्थितिको अभाव नखड्किएको भने पक्का होइन तर आयोजकले महिला सहभागिताकोलागि आज गरेको एउटा प्रयासले केही हदसम्म अभाव चै भरपाई गरेको छ तर पूर्ण रुपमा गर्न चै अझ समय लाग्ला ।अत्यन्तै राम्रो कामको सुरुवात भएको छ आगामी दिनमा झन् परिष्कृत हुँदै यसलाई संस्थागत गर्नेतर्फ आयोजक लागि परोस्।
भविष्यमा महिला फुटबल प्रतयोगिताको लागि मात्र झापा गोल्डकपको कुनै संस्करणको आयोजना गरियोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 727

प्रतिक्रिया (०)

सम्बन्धित खबर