Aamsanchar

झापामा एम्बुलेन्सकाे ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Image
बिहिवार, फागुन २६, २०७८

प्रतिकात्मक तस्बिर

झापा- झापाको कन्काई नगरपालिका-९ स्थित राजगड-लक्ष्मिपुर सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ बर्षीय उमेश थापा रहेका छन । हिजो राती ७ बजे मे.१च ५२५ नम्वरको एम्बुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो ।
दुर्घटनामा संलग्न एम्वुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 586

प्रतिक्रिया (०)

सम्बन्धित खबर