Aamsanchar

झापाको बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ

Author Image
बिहिवार, फागुन २६, २०७८

झापा – झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडबाट मोटरसाइकल चोरी गर्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। मोटरसाइकल चोरीमा संलग्न सबै भद्रपुरका छन्।

पक्राउ पर्नेमा मुख्य नाइके भद्रपुर नगरपालिका–७ निवासी २१ वर्षीय प्रकाश सहनी, सोही ठाउँका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर १ निवासी ३० वर्षीय बिर्ख लिम्बु र भारत किशनगञ्ज जिल्ला बिरखोर घर भई हाल भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्ने १९ वर्षीय मोहम्मद समिम रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट चोरीका ७ वटा मोटरसाइकलसमेत बरामद गरेको छ। प्रहरीले ५ वटा पल्सर, एउटा अपाची र एउटा सुपर स्प्लेन्डर मोटरसाइकल बरामद गरेको हो। बरामद ७ मोटरसाइकलमध्ये ६ जना सवारीधनी सम्पर्कमा आइसकेको डिएसपी पाठकले बताए। यता मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइसकेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 401

प्रतिक्रिया (०)

सम्बन्धित खबर