Aamsanchar

झापामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Author Image
मङ्गलवार, चैत १, २०७८

झापा- झापाको कमल गाउँपालिका-५ सितापुरी स्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका-१ का ३९ बर्षीय कमल राई रहेका छन् । हिजो बेलुका साँढे सात बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
बस र चालक रुपन्देही बुटवलका ५२ बर्षीय पुर्ण बहादुर पौडेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर