Aamsanchar

राप्रपा झापा उपाध्यक्ष खरेलद्वारा पद तथा साधारण सदस्यमा समेत नरहने घोषणा

Author Image
शनिवार, चैत ५, २०७८

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला उपाध्यक्ष कमल खरेलले पद तथा साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् ।
आज (आईतबार) आफ्नो फेसबुक आईडीमा पोष्ट गरेर उक्त घोषणा गरेका हुन् ।

खरेलले सामाजिक संजालमा लेखेका छन् । ‘दुःखद पनि हुन सक्छ । तर खुशी पनि हुन सक्छ । सबैमा सबैलाई आज बाट म राप्रपा झापा जिल्ला उपाध्यक्ष तथा राप्रपाको साधारण सदस्य सम्म नरहने सबैमा जानकारी गर्दछु ।’

विगत १० बर्ष देखि राप्रपामा प्रवेश गरेका खरेलले पार्टी प्रवेशको तिन महिनामै झापा जिल्ला उपाध्यक्ष पदलाई सम्माहालेका थिए । १० बर्ष सम्म उपाध्यक्ष पद सम्हाल्दै आएका, जिल्लामा जुझारु नेताको रुपमा परिचय बनाई सकेका खरेलले किन राप्रपा छोड्ने निर्णय लिएको भनेर आमसंचारले राखेको जिज्ञाषामा खरेलले भने ‘वर्तमान राजनीतिले आफूलाई निरास बनाएको र पार्टीबाट बाहिरिने निर्णय लिएको हुँ, राप्रपाका नेता तथा कार्यकर्ता प्रति मेरो कुनै गुनासो असुन्तुष्टि छैन् ।’ यसै क्रममा तपाईँ अर्को पार्टीमा जाने सम्भावना कतिको छ भन्ने प्रश्नमा खरेलले भने ‘त्यो कुरा पछिको परिस्थितीमा भर पर्छ ।’

उता राप्रपा झापाका अध्यक्ष केशव ओझालाई खरेलको राजिनामाको बारेमा बुझ्दा ओझाले भने ‘मलाई फोन आएको थियो र सामाजिक संजालमा पद र पार्टीमा नरहने  भनेर लेखेको भेटे तर उहाँले आधिकारिक रुपमा पार्टीमा राजिनामा दिनु भएको छैन, उहाँले राजिनामा पत्र लिएर आउनु भयो भने पद र पार्टी नछोड्न आग्रह गर्नेछौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१