Aamsanchar

५२ लाख भन्दा बढी तिरेर एक ब्यक्तिले आफ्नो पूरै शरीरमा खोपे ट्याटु

Author Image
बिहिवार, चैत १०, २०७८

एजेन्सी – बेलायतका एक ब्यक्तिले आफ्नो पूरै शरीरमा ट्याटु खोपेका छन् ।

कराक स्मिथ नाम गरेका ४१ वर्षका ती युवकले नेपाली रुपैयाँ ५२ लाख भन्दा बढी तिरेर शरीरमा ट्याटु खोपेका हुन् । बेलायतको सेफिल्डमा बस्दै आएका ती युवकले शरीरभरी ट्याटु खोप्दा उनले नोकरी नपाउने हुन् कि भन्ने चिन्ता उनका साथी भाई र आफन्तलाई छ । तर ती युवकले भने ट्याटुले नोकरी पाउन आफूलाई झन सहज भएको दाबी गरेका छन् ।उनले १८ वर्षको उमेरमा पहिलो ट्याटु बनाएका थिए । अहिले उनले नाक र गालाभन्दा बाहेक आफ्नो शरीरको ९० प्रतिशत भागमा ट्याटु बनाएका छन् । उनी अहिले स्थानीय सामाजिक कार्यकर्ताको रुपमा कार्यरत छन् । उनले समस्यामा परेका बालबालिकालाई विभिन्न प्रकारले सहयोग गर्ने गरेका छन् । उनले आफूलाई हप्तामा ६ देखि ७ वटासम्म नोकरीको अवसर आउने गरेको दाबी गरेका छन् ।कहिलेकाहिँ यहि ट्याटुकै कारण आफूले नोकरी पाउने गरेको महसुश हुने गरेको कराकको भनाई छ ।किनभने उनी आफू अरु सामान्य समाजसेवीभन्दा फरक भएको बताउँछन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुसंग उनले आफूलाई धेरैले नोकरी दिन्छु भनेर मोवाइलमा म्यासेज गर्ने गरेको बताएका छन् । ट्याटुकै कारण उनलाई मोडलिङ र टिभी कार्यक्रहरुमा सहभागी हुन बोलावट हुने गरेता पनि उनी गएका भने छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 513

प्रतिक्रिया (०)

सम्बन्धित खबर