Aamsanchar

विश्व नेवाः दिवस आज

Author Image
शनिवार, चैत १२, २०७८

काठमाण्डाै – आज विश्व नेवाः दिवस मनाइँदैछ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ।

सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ ।  विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवा: सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।

काठमाण्डौ उपत्यकामा नेवार समुदायको धेरै बसोबास भएकाले यहाँ अझ धेरै कार्यक्रमहरु हुने गरेका छन् । वल्र्ड नेवा अर्गनाइजेशनले अहिले केहीबेरमा काठमाण्डौमा र्याली गर्दैछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर